काठमाडौं । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरुले बताएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उहाँहरुले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउनसक्नुपर्ने बताउनु भएको हो ।
पूर्व परराष्ट्रमन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्णरुपमा कदम चाल्नुपर्ने बताउनु भयो । आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकुल वातावरण बनाएर दुबै देशसँग परिणाममुखी वार्ता गर्न उहाँले सुझाव दिनुभयो । नेता पाण्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेकोेले नेपालका विश्वविद्यालयलाई पनि त्यही अनुरुप अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।



प्रा.डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राख्नुभयो । दुई देशीय सम्बन्धको इतिहास कोट्याउँदै उहाँले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको दाबी गर्नुभयो । विगतमा भारतसँग भन्दा नेपालको चीनसँग सम्बन्ध राम्रो रहेको उहाँले दाबी थियोे ।
क्लाउडका अध्यक्ष शोभित उप्रेतीले आर्थिक रुपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुग्दा नेपाल झिनामसिना कुरामा अल्झनु दुःखद भएको टिप्पणी गर्नुभयो ।



