काठमाडौं, भाद्र १०: तारकेश्वर नगरपालिका ७ मा आज बिहान एउटा ईभी (इलेक्ट्रिक भेहिकल) माइक्रो बस साङला खोलामा खसेको छ।
काठमाडौं-नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा दुर्घटना भएको हो।
प्रहरीका अनुसार, बस खाली भएकाले कुनै पनि मानवीय क्षति भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






