काठमाडौं — कवाड व्यवसायी समाज नेपालले पाँच बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले आफूहरूको पेशा व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको रक्षा हुनुपर्ने माग गरे। उनीहरूले काठमाडौँ महानगरपालिकाबाट भइरहेको कुटपिट, अपहरण, संरचना भत्काउनेजस्ता कार्य तत्काल रोक्न र संलग्न महानगर प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, विगत दुई वर्षमा व्यवसायीहरूलाई पुर्‍याइएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र व्यवसायी, संकलक तथा मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग हस्तक्षेपको माग गरिएको छ।

कवाड व्यवसायी संघर्ष समितिका नेताहरूले आन्दोलन अब निर्णायक चरणमा प्रवेश गर्ने चेतावनी दिएका छन्। उनीहरूले काठमाडौं महानगरप्रमुख बालेन शाह र प्रहरी प्रमुखविरुद्ध कडा आलोचना गर्दै आफ्नो पेशाको अस्तित्व जोगाउन संघर्ष जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय