काठमाडौं । झापामा नागरिकता प्रमाणपत्र भन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले साउन महिनामा मात्र झापामा १ हजार २ सय ८९ जनाले नागरिकता प्रमाणपत्र लिएको बताउनु भयो ।
उहाँले नागरिकता दिनेको अनुपातमा सोही महिनामा राहदानी प्रमाण पत्र लिनेको संख्या दोब्बर भएको जानकारी दिनुभयो । उहाँले साउन महिनामा मात्र र्२ हजार ३ सय ३३ जनाले राहदानी लिनेको बताउनु भयो । गत वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरूको संख्या धेरै रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा २२ हजार ७ सय ७७ जनाले नागरिकता प्रमाणपत्र लिएका थिए ।



सोही आ.व.मा झापाबाट राहदानी प्रमाणपत्र लिनेको संख्या ३३ हजार २ सय २४ जनाले लिएका थिए । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४ सय ४७ जना भन्दा बढी थियो ।
जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ ।
।



