काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी फरार प्रतिवादी कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।
सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका सुनारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।
सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरी स्वदेश ल्याइएको प्रहरीले जनाएको छ ।



सुनारलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।



