काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला फुटबल च्याम्पियनसीपअन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुनेछ ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । ९ अंकका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।



खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।



