नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भारत र चिनले नेपाली भूमिलाई प्रयोग गर्ने समझदारी गर्नु आपत्तिको विषय भएको बताउनुभएको छ । मंगलबार रोल्पाको लिबाङमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पुनले आपसी समझदारीका हिसाबले ट्रान्जिट बनाउन सकिने भएपनि सम्बन्धित देशसँग सरोकारै नराखेर दुई छिमेकी देशले सहमति गर्नु नेपालको स्वाधिनता, सार्वभौमिकता माथिको दख्खल भएको बताउनुभयो ।

नेपाललाई थाहै नदिएर गरिएको सम्झौताविरुद्ध सरकार खरोरुपमा उत्रिनुपर्ने पनको भनाइ छ । राजनीतिक नेतृत्वले धैर्यता र संयमतापूर्वक आफ्नो राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा सरकारको स्वभाविक दायित्व हुने उहाँको भनाइ छ । नेकपा (माओवादी केन्द्र)का एक उपमहासचिव वर्षमान पुनले अर्का उपमहासचिव जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत बाहिर भन्दा पनि पार्टीभित्रै राख्न सुझाव दिनुभएको छ । नेपाली राजनीतिमा प्रभावशारी नेताका रुपमा समेत चिनिनुभएका पूर्वमन्त्री वर्षमान पुनले रवि लामिछानेबारे सरकारको भूमिका शंकास्पद रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय