काठमाडौं । बागलुङका अधिकांश ग्रामीण क्षेत्र सुनसान बन्दै गएको छ । गाउँमा बुढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति अन्य जिल्लामा बसाईसराई र विदेश पलायन भएपछि गाउँ सुनसान भएको हो ।

गाउँमा युवा जनशक्ति नहुँदा धान, गहुँ, मकै, फलफुललगायत फल्ने खेतीयोग्य जमीन उराठ लाग्दो भएको छ । घरवरपर घास, सिउँडी, वनमाराले ढाकेको छ । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी, गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको संख्या धेरै छ ।

बागलुङमा १ लाख ७८ हजार ४ सय ६ हेक्टर जमीन मध्ये ४६ हजार १ सय ४८ हेक्टर जमीन खेती योग्य छ । हाल ३० हजार ५ सय ३ हेक्टर जमीनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

कूल जमीनको २५ प्रतिशत मात्रै खेती योग्य जमीन रहे पनि अहिले १७ प्रतिशत जमीनमा मात्र खेती भएकोले बागलुङमा १५ हजार ६ सय ४५ हेक्टर जमीन बाँझो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय