काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। बालकोटमा रहेको प्रधानमन्त्रीको दुई घरमा आगो लगाइएको स्थानीयहरूले बताएका छन्। मंगलबार बिहानैदेखि बालकोटमा प्रदर्शनकारीहरू भेला भएका थिए। प्रहरीले रोक्न खोज्दा पनि उनीहरू फर्किएका थिएनन् र प्रधानमन्त्रीको घरमा आगो लगाएका थिए।






