झापा — जेनजी आन्दोलनको क्रममा दमकस्थित भ्युटावरमा प्रदर्शनकारीले ठूलो संख्यामा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले टावरको मुख्य गेट फुटाएर परिसरमा प्रवेश गरेका थिए। परिसरभित्र विभिन्न सामग्री तोडफोड गरिएका छन् भने केही स्थानमा आगो लगाइएको छ।

सुरक्षाकर्मी वा प्रहरीको पर्याप्त उपस्थिति नहुँदा आन्दोलनकारीहरू अझ उग्र बनेका थिए। त्यसैगरी, दमकस्थित प्रहरी कार्यालयमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्। यसैबीच, झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको घरसहितका कार्यालयमा पनि आगजनी भएको समाचार प्राप्त भएको छ। जेनजी आन्दोलन सामाजिक सञ्जालमा प्रतिबन्ध, भ्रष्टाचार र सरकारी बेथितिप्रति असन्तुष्टि व्यक्त गर्दै देशभर फैलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय