काठमाडौं । जेनजी आन्दोलनको क्रममा राजधानीमा चन्द्रागिरि केवलकार परिसरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्।स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीहरूले केवलकारको मुख्य संरचना नजिकै आगो लगाएका थिए। यस घटनाले केवलकार सञ्चालनमा असुविधा पैदा गरेको छ। हाल स्थानीय सुरक्षा निकायहरूले घटनास्थलमा पहुँच पाउँदै आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन्।
जेनजी आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र सरकारी बेथितिप्रति असन्तुष्टिका कारण देशभर फैलिएको छ। राजधानीसहित अन्य क्षेत्रमा पनि सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूका निवासमाथि तोडफोड र आगजनी भइरहेको छ।






