काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा अराजक समूह पुगेर ढोका तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोलीले स्थितिलाई नियन्त्रणका लागि पुगेको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले जेनजी प्रदर्शनमा घुसपैठ भएको बताउनु भएको छ ।
बस्नेतले आफुलाई जेनजी प्रदर्शनकारीका अगुवाहरुले देशमा यस्तो स्थिति बनाउने कुनै योजना नभएको भन्दै माग अनुसार नै परिस्थिति अघि बढिरहेका समयमा केही अराजक जथ्थाले मन्दिर पुगेर तोडफोड गर्न खोजेको बताएका छन् ।



जेनजी प्रदर्शनकारीका अगुवाले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् ।
साथै, जेनजीले देशमा नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।




