काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पहिलो चरणमा आज विहान साढे ११ बजे तीन जना मन्त्री पदमा सिफारिस भएकालाई पद तथा गोपनीताको शपथ खुवाईदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले गएराति पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गर्नुभएको थियो ।

खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नवनियुक्त मन्त्रीहरुको सपथ आजै हुने बताइएको छ ।

यसैबीच जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङले नै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मध्यरातमा बालुवाटार पुगेर जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारका सदस्य समेत सहभागी भई मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय