काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित थानकोट त्रिभुवन पार्क नजिकै दुई वटा गाडी आपसमा ठक्कर खाएका छन् । थानकोटबाट चेकपोष्ट आउँदै गरेको ना२क ११८ नम्बर ट्रक र सोही दिशाबाट आउँदै गरेको बा ५ च ३७७७ नम्बरको भ्यान आपसमा ठोक्किएको हो ।
त्रिभुवन राजपथको त्रिभुवन पार्क अगाडीको सडकमा रहेको खाल्टो छलाउने क्रममा प्यानले ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा भ्यानको चालक पट्टीको साईडमा क्षति पुगेको छ भने अगाडीको शिशा चर्केको छ । दुर्घटना भएका दुबै गाडी र चालकलाई ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



यसअघि पनि सोही ठाउँमा धादिङबाट तरकारी बोकेर कालीमाटी जाँदै गरेको पिकअप भ्यान दुर्घटना भएको थियो ।



