काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउन आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो । आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

जेन–जी नेतृत्वमा भएको प्रदर्शनमा ७३ जना मारिएका छन् । आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय