काठमाडौं । पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई असोज १ गतेबाट सडक डिभिजन कार्यालय काठमाडौंले हटाएको छ ।

अनावश्यक रूपमा राखिएका ज्यालादारी कर्मचारीलाई सरकारले बिदा दिएसँगै मासिक १५ लाख रुपैयाँ राज्य कोषको बचत हुने सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो ।

यस्तै डिभिजन कार्यालयले खाल्डोरहित काठमाडौं अभियान सञ्चालन गर्न लागेको पनि जानकारी दिनुभयो ।

यसैगरी सडक डिभिजन मातहत रहेका इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गर्दै त्यसलाई व्यवस्थित गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय