काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै संसदीय विषयगत समितिका सभापतिहरुद्वारा संसद सचिवालयबाट लिएका गाडीहरु धमाधम फिर्ता गर्ने क्रम जारी छ । अहिलेसम्म ६ वटा समितिका सभापतिले गाडी फिर्ता गरिसकेका छन् । सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले गाडी बुझाएका थिए ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिका किरण कुमार साह, अर्थ समितिका सन्तोष चालिसे, शिक्षा समितिका अम्मरबहादुर थापा, कृषि समितिकी कुशुमदेवी थापा र एमाले सचेतक सुनिता बरालले पनि सुविधाको गाडी फिर्ता गरिसकेका छन् ।
संसद सचिवालयको सवारी शाखाका अनुसार बाँकी सभापतिहरूले गाडी वा चाबी फिर्ता गर्न बाँकी छ । फिर्ताका लागि सात दिनको समय तोकिएको छ ।






