काठमाडौं । गुल्मीमा जंगली बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका रजाली परिवारले जंगली च्याउ खाँदा उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी पर्नेमा ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, १० वर्षीय किरण रजाली तथा छिमेकी ३६ वर्षीया बिपना रजाली रहेका छन् । उनीहरूको स्थानीय शुभ सारथी मेडिकल हल, मजुवामा उपचार भइरहेको छ । बिरामीहरूको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय