नेकपा एमालेका अध्यक्ष तथा हालैसम्मका प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएर भक्तपुरको गुण्डुमा बसाइँ सरेको समाचार बाहिरीएको छ तर आधिकारी पुष्टि भने हुन सकेको छैन । ओलीले २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी अस्थायी रूपमा सैनिक ब्यारेकमा बस्दै आएका थिए। करिब तीन हप्ता त्यहाँ बसेपछि अब भने उनी गुण्डुस्थित भाडाको घरमा सारिएको बुझिएको छ।

ओलीलाई गुण्डुमा बसाइँ सार्ने व्यवस्थामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सक्रिय रहे। बस्नेतले ओलीलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने विशेष कार्यक्रमसमेत गर्ने तयारी भइरहेको बताएका छन्। एमाले स्रोतका अनुसार ओलीलाई पार्टीगत गतिविधिमा सक्रिय बनाउने र आम कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने उद्देश्यले गुण्डुमा बसाइँ सरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय