गाजा – हमासको सशस्त्र इकाई कस्साम ब्रिगेड्स ले गाजामा राखिएका ४८ जना इजरायली कैदीबन्दीहरूको बिदाई तस्बिर सार्वजनिक गरेको छ।हमासले इजरायलले गरेको स्थलगत तथा हवाई आक्रमणकै कारण ती कैदीहरूको ज्यान जोखिममा परेको दाबी गरेको छ। अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरलाई नियन्त्रणमा लिन आक्रामक अभियान चलाइरहेको बेला हमासले कैदीहरूको तस्वीर बाहिर ल्याएको हो।

शनिबार सार्वजनिक गरिएको संकलित फोटोमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ। तस्वीरमा ‘रोन अराड’ भन्ने क्याप्सन लेखिएको थियो। रोन अराड सन् १९८६ मा दक्षिण लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन्। त्यतिबेला उनको एफ–४ फ्यान्टम विमान आक्रमणका क्रममा क्षतिग्रस्त भएपछि आमल आन्दोलनले उनलाई कब्जा गरेको र पछि हिज्बुल्लाहलाई हस्तान्तरण गरिएको ऐतिहासिक विवरण अल जजिराले उल्लेख गरेको छ।

हाल गाजामा जारी युद्धका कारण कैदीबन्दीहरूको अवस्थाबारे ठ्याक्कै जानकारी पाउन कठिन भइरहेको छ। हमासले इजरायलको सैन्य आक्रमणलाई नै बन्दीहरूको जीवन संकटको मूल कारण भनेको छ भने इजरायलले भने हमासकै कब्जा कैदीहरूको सुरक्षामा प्रमुख खतरा भएको बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय