काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । भक्तपुरको सूर्यविनायकस्थित निवासमा ओलीले युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई नेपाल र नेपालीलाई माया गर्ने व्यक्तिले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्नै नसक्ने बताउनु भएको हो ।
उहाँले युवाहरु समाजप्रति कर्तव्य बुझेर हावामा नकुदी असभ्य, गैह्रजिम्मेवार नवनी सुसंस्कृत, सभ्य र विकसित हुँदै देशभक्तिको भावका साथ जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।



अध्यक्ष ओलीले देशलाई मायाँ गर्ने र देश बनाउने कर्मठ युवाहरूले भदौ २४ को जस्तो आगजनी, तोडफोड, लुटपाट गर्न नसक्ने बताउनु भयो । उहाँले अध्यारोपछि उज्यालो आउँछ भनेझै भदौ २४ को घटनाले देश सक्कियो भनेर निराश नहुन पनि आग्रह गर्नुभयो ।



