काठमाडौं । प्रहरी वृत्त थानकोटलाई चन्द्रागिरि सुनचाँदी व्यवसायी संघले सहयोग उपलब्ध गराएको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनको क्रममा वृत्तमा तोडफोड र आगजनी भएपछि कार्यालय संचालनमा समस्या देखिएपछि संघले सहयोग गरेको हो ।
अध्यक्ष पुरुषोत्तम सुनारले संघमार्फत् युपीभिसी झ्याल निर्माण गर्न १ लाख ११ हजार नगदसहित एक थान दराज हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष सुनारले अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै प्रहरी वृत्तको दैनिक कार्य संचालनमा केही सहजता होस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो । उहाँले समाजमा हुने लुटपाटजस्ता घटना न्यूनिकरणको लागि प्रहरीको मुख्य भूमिका रहने हुँदा सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

सहयोग हस्तान्तरणमा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसअघि पनि प्रहरी वृत्त थानकोटलाई विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय