गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताउनुभएको छ । शुक्रवार नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताउनुभएको हो ।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताउनु भयो । गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनु भयो ।






