काठमाडौं । दशैंमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतका सामाजिका भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतका लाभग्राहीको बैंक खातामा जम्मा गरिदिएको हो ।

जेनजी आन्दोलनले सामाजिक सुरक्षा भत्ता पाउने हो या होइन भन्ने अन्योलमा रहँदै आएका ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी भएका छन् । दशैंलाई लक्षित गरेर सामाजिक सुरक्षा वितरण गरेपछि देशैभरका स्थानीय तहका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ । चाडबाडको बेलामा केही स्थानीय निकायले ज्येष्ठ तथा असक्त नागरिकलाई पहिलो प्रथामिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण समेत गरेको छ ।

नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय