काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गको अभिव्यक्ति भन्दै प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महारिनीक्षक विनोद घिमिरेले समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
‘पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ भन्ने आशयका भ्रामक समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनमा समसामयिक घटनाक्रम वा सो बाट सृजित सुरक्षा चुनौतीको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण भई सौहार्दपूर्ण छलफल गरेको विज्ञप्तीमा जनाइएको छ ।







