काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका अस्वस्थ भएपछि छलफल सारेर अस्पताल गएका हुन् । शीतलनिवासमा छलफल भइरहेका बेला टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल लगिएको हो ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अगुवा सहभागी थिए ।






