काठमाडौं, असोज २७ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीका साइत सार्वजनिक गरेको छ। समितिका अनुसार, कात्तिक ६ गते बिहीबार बिहान ११स्३९ बजे भाइटीका लगाउनको लागि सर्वोत्कृष्ट समय ९साइत० रहेको छ। समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार, साइतमै टीका लगाउने परम्परा विशेषगरी राष्ट्रसञ्चालकहरूका लागि अनिवार्य भए पनि सर्वसाधारणले भने मध्याह्नकालमा जुनसुकै समयमा पनि टीका लगाउन सक्ने बताएका छन्। साइतमा धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त परेकोले यसलाई विशेष शुभ मानिएको हो।
तिहारको विस्तृत तालिका यसप्रकार छ:



कात्तिक १ (शनिबार): यमपञ्चक सुरु, यमदीपदान, धन त्रयोदशी र धनतेरस
कात्तिक २ (आइतबार): काग तिहार, धनवन्तरी जयन्ती
कात्तिक ३ (सोमबार): कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका
(टीका बेलुका गरिनेछ, किनभने औँसी तिथि बेलुकीबाट सुरु हुन्छ)
कात्तिक ४ (मंगलबार): औँसीको दान र स्नान बिहान गर्नुपर्ने
कात्तिक ५ (बुधबार): गाई पूजा, गोरू पूजा, आत्म (म्ह) पूजा, र नेपाल संवत् ११४६ को नयाँ वर्ष
कात्तिक ६ (बिहीबार): भाइटीका, किजापूजा (नेवारी परम्परा अनुसार)
शास्त्रीय मान्यता अनुसार भाइटीका:
भाइटीका अर्थात् भ्रातृपूजामा दाजुभाइ दुवैलाई सम्मान र दीर्घायुको कामना गर्दै टिका लगाइन्छ। शास्त्रीय रूपमा, भाइटीका भनिए पनि भ्रातृपूजा शब्द प्रयोग गरिएकोले सबै दाजुभाइमा लागू हुन्छ। यमपञ्चक पर्वको अवधिभर घर–घरमा दीप प्रज्वलन, यमदीप दान, र भाइबहिनीबीच प्रेम र सम्मान व्यक्त गरिन्छ। कुकुर र कागलाई परिकार अर्पण गर्नुका साथै यमदूतको रूपमा पूजा गर्ने वैदिक परम्परा यस पर्वको विशेषता हो।



