काठमाडौं । निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१/८२ मा आयोगले सम्पादन गरेका कार्यको प्रशंसा गर्दै आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिवेदन पेश गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सो अवधिमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम सञ्चालन, राजनीतिक दल दर्ता र अद्यावधिक जस्ता कार्यहरू सम्पन्न गरेको जानकारी दिनुभयो ।

उहाँले आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो । साथै, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले तयारी अघि बढाएको र यस कार्यमा राजनीतिक दल तथा सरोकारवालाहरूको सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय