काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताउनु भएको छ । सिंहदरबारमा पत्रकारहरूको प्रश्नको जवाफ दिंदै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओली कानून भन्दा माथि नभएको स्पष्ट पार्नुभएको हो ।
पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएपछि गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिनुभएको थियो । उहाँले ओली प्रधानमन्त्री हुँदा सधै कानून भन्दा माथि रहदै आएपनि अब समय र परिस्थिति फेरिएको उल्लेख गर्नुभयो ।



उहाँले ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताउनु भयो ।



