काठमाडौं । उत्तरी गोरखाकाको चुमनुब्री गाउँपालिकामा गएरातिदेखि हिमपात भइरहेको छ । हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

चुमनुब्री गाउँपालिकाका स्थानीयका अनुसार गएराति हल्का पानी पर्न सुरु भएपछि हिउँ पर्न थालेको जनाएका छन् । अहिले पनि हिउ परेर चिसो बढेपछि घरभित्रै आगो तापेर बसेका छन् ।

चुमनुब्री गाउँपालिका वडा नम्बर ७ मा ३ हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकेको छ ।

त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएका छन् । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा पुगेका पर्यटक प्रभावित भएका छन् । ५ हजार १ सय ६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय