बंगालको खाडीमा विकास भएको ‘मोन्था’ चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि नै यसको असर देखिन थालेको जानकारी दिएको छ। चक्रवातका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म देशका पूर्वी तथा मध्य भेगमा भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मुख्य मौसमी चेतावनी (बिहीबारदेखि शुक्रबारसम्म)

महाशाखाले जारी गरेको सूचनाअनुसार मोन्था चक्रवातको प्रणालीका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म निम्न मौसमी घटनाहरू हुनेछन्:

• अत्यधिक वर्षा: कोशी र मधेस प्रदेशभरि साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ।

• भारी हिमपात: कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने सम्भावना छ।

• नदी नालाको जोखिम: भारी वर्षाका कारण कोशी, बागमती, कमला र कन्काई नदीहरू तथा महाभारत र चुरे क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बाढी (बहाव) आउन सक्ने जोखिम उच्च छ।

वर्षाको अवधि कति लामो?

मौसमविद् विनोद पोखरेलका अनुसार यो प्रणालीले नेपालको धेरै ठाउँमा भारी वर्षा गराउनेछ।

• काठमाडौं: लगभग २४ घन्टासम्म पानी पर्ने प्रक्षेपण छ।

• मधेस र कोशी: ३६ घन्टासम्म लगातार वर्षा हुने सम्भावना विभिन्न मौसम मोडलहरूले देखाएका छन्।

• चक्रवातको मुख्य असर शनिबार बिहानसम्म रहने अनुमान छ।

यी जिल्लाहरूमा उच्च सतर्कता अनिवार्य

महाशाखाले सम्भावित क्षतिबाट जोगिन निम्न जिल्लाहरूका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय