काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राजमार्ग अन्तर्गत इच्छाकामना–३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक दुईतर्फी संचालनमा आएको जनाएको छ ।



सडक अवरुद्ध भएपछि सडक विभागको डोजरले पहिरो पन्छ्याई गएराति देखि नै सडक दुईतर्फि संचालनमा आएको प्रहरीले जनाएको छ ।



