काठमाडौं । सरकारले ११ राजदूतलाई नेपाल बोलाएको छ । आइतबार सर्वोच्च अदालतले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो ।
परराष्ट्रले मन्त्रालयमा हाजिर हुनु भनि पत्र पठाएको हो । सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएपछि सोमबार बसेको प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयले पत्र पठाएको हो । पत्रमा यही २० गते बिहीबारभित्र मन्त्रालयको सम्पर्कमा आइपुग्न भनिएको छ । अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार गरिएको छ ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय