काठमाडौं । केही दिनअघिको वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँ बराबरको धान नष्ट भएको छ । जिल्लामा यस वर्ष ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार ९ सय ९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।

कृषि ज्ञान केन्द्रले १ हजार २ सय ६० मेट्रिक टन धान नष्ट भएको जनाएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड बराबरको क्षति भएको छ ।

गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय