काठमाडौँ । व्ययवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध लड्ने घोषणा गरेका छन् । आइतबार मनोहरास्थित सुकुम्बासी बस्ती पुगेका प्रसाईँले सुकुम्बासीको समर्थन गर्दै यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले बस्ती खाली गर्न दिएको एक हप्ते अल्टिमेटम सकिनै लाग्दा प्रसाई सुकुम्बासीको समर्थनमा उभिएका हुन् ।
प्रसाईँले दलहरुले सुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । सोही क्रममा प्रसाईँले मेयर बालेन र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले दुई करोड रुपैंयाँ घुस खाएको आरोप समेत लगाएका छन् ।






