काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी समेत गरेका छन् । यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् ।

आज बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विरोध प्रदर्शन भएको हो । यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शंकास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय