काठमाडौं । मिसेस् इन्टरनेशनल २०२५ को उपाधि सञ्जु भट्ट (बस्नेत) ले जितेकी छिन् । शनिबार नेपाल पुलिस क्लव प्रदर्शनीमार्गमा सम्पन्न फाइनल प्रतिस्पर्धामा भट्टले उपाधि जितेकी हुन् ।



चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ निवासी डा. सञ्जु भट्ट (बस्नेत) ले प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस् इन्टरनेशनल २०२५ को ताज पहिरिन सफल भएकी हुन् । पेशाले चिकित्सक रहेकी डा. भट्टले क्लिनिकल प्याथोलोजीमा एमडी पुरा गरेकी छिन् ।
प्रतियोगीहरुले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फाष्ट फेशनबारे चेतनामूलक प्रस्तुति दिएका थिए ।
मिसेस् इन्टरनेशनल २०२५ को ताज पहिरिएसँगै डा. भट्टले यो अपार माया र समर्थनको लागि सबैलाई धन्यवाद दिएकी छिन् । उनले मिसेस् नेपाल २०२५ को रुपमा आफुलाई ठूलो अर्थ राख्ने बताउँदै आफुलाई साँच्चै भाग्यमानी महसुस भएको बताएकी छिन् । डा. भट्टले सिंगापुरमा हुने मिसेस् इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छिन् ।

यस्तै मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छिन् । प्रतियोगितामा विद्या चौहान फस्ट रनर अप, एलिना केसी सेकण्ड रनर अप र निर्मला सुनुवार थर्ड रनर अप घोषित भएका छन् । पब्लिक च्वाइस् विजेता करुणा श्रेष्ठ र भिर्योस च्वाईसको उपाधि विद्या चौहानले जितेका छन् । पन्त अमेरिकामा हुने मिसेस् वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने छिन् । पन्त नाईका सुरक्षा पन्तकी बहिनी हुन् ।



