काठमाडौँ — नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमाले नेता तथा तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट पेस गरिएको जानकारी दिएका छन्।



उनका अनुसार विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको तर्फबाट रिट दायर गरिएको हो। एमालेले प्रतिनिधिसभा विघटन संविधानविरुद्ध रहेको दाबी गर्दै सर्वोच्च अदालतबाट त्यसको पुनर्स्थापनाको माग गरेको छ। बर्तौलाका अनुसार प्रतिनिधिसभा विघटन ‘असम्वैधानिक कदम’ भएकाले त्यसलाई बदर गर्दै पुनर्स्थापना गर्नु आवश्यक छ।



