काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरू बीच राजनीतिक छलफल बालुवाटारमा भएको छ। छलफलमा एमाले तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी भएकाछन्। सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी रहेका छन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै साझा रणनीति, समसामयिक राजनीतिक विषय र आगामी कदमहरू तय गर्ने तयारी अघि बढाएकी हुन्। स्रोतका अनुसार, उनी अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा छिन्।






