काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ रहेको शिक्षण संस्था ब्राइट फ्युचर माध्यामिक विद्यालयले आज आफ्नो ३९औं स्थापना दिवस मनाउँदै छ । यो विद्यालय चन्द्रागिरिमा मात्र नभइ विश्वका विभिन्न देशमा विभिन्न कला कौशल, गुणसीपलाई सफलतापूर्वक छाप छोड्न सफल भएको छ ।

२०४४ सालमा स्थापना भएको ब्राइट फ्युचर मा.वि नेपालको गुणस्तरीय शिक्षामा बागमती प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भइसकेको छ । विद्यालयले प्रविधिमैत्री प्लस टू, क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा अतुलनिय योगदान दिदै आईरहेको छ । विद्यालयले भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट आफूलाई अब्बल शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ ।

‘शिक्षा कहिल्यै जफत गर्न सकिँदैन, तर यसले पुस्तालाई सशक्त बनाउन सक्छ’ भन्ने सत्यलाई मनन गर्दै विद्यालयले आफ्नो शिक्षण कार्यलाई निरन्तरता दिइरहेको छ । विद्यालयको ३९औं वार्षिकोत्सवको अवसरमा ournewscrew परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय