नेकपा एमालेको आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. ९ मा प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरिएको छ। आन्तरिक निर्वाचनमार्फत विभिन्न क्लस्टरबाट प्रतिनिधि चयन गरिएको हो।खुला समूहबाट पूर्वमन्त्री केशव पोखरेल र चन्द्रागिरि नगर पार्टी कमिटीका अध्यक्ष उत्तम बहादुर राउत मनोनित भएका छन्। पार्टी भित्रको दीर्घकालीन सक्रियता र स्थानीय संरचनामा उनीहरूको योगदानका आधारमा दुवै नेताको चयनलाई महत्वपूर्ण मानिएको छ।

महिला क्लस्टरमा सानुमैया खड्का ९सविता० र रञ्जु खड्काले स्थान सुरक्षित गरेका छन्। महिला नेतृत्वको प्रतिनिधित्व सुदृढ गर्ने लक्ष्यअनुसार यहाँ प्रतिस्पर्धा उल्लेखनीय थियो। त्यस्तै, युवा क्लस्टरबाट पूर्णकुमार तण्डुकार चयन भएका छन्, जसले महाधिवेशनमा युवा आवाजलाई प्रतिनिधित्व गर्नेछन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरमा हुने निर्धारित छ। काठमाडौं–९ का नवचयनित प्रतिनिधिहरू महाधिवेशनका नीतिगत तथा संगठनात्मक छलफलमा सहभागी हुने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय