अपाङ्गता भएका व्यक्तिहरुको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा चन्द्रागिरि नगरपालिकाले बुधबार नगरमा बसोबास गर्ने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री हस्तान्तरण गरेको छ। गरपालिकाले विशेष रूपमा हिँडडुल गर्न समस्या भएका तथा श्रवण, दृष्टि, र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायक सामाग्री वितरण गरेको हो। कार्यक्रममा नगरप्रमुख, उप–प्रमुख तथा सामाजिक विकास सम्बन्धित शाखाका प्रतिनिधिहरूको उपस्थितिमा सहायक सामग्री हस्तान्तरण गरिएको थियो।



कार्यक्रमका वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारसहितको सम्मानजनक जीवन प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, आगामी दिनमा पनि नगरपालिकाबाट आवश्यक सहयोग र सेवा निरन्तर रूपमा उपलब्ध गराइने बताएका थिए। अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित यो कार्यक्रमले समुदायमा समावेशी समाज निर्माणको सन्देश दिएको स्थानीयबासीहरूले बताएका छन्।



