एमाले अध्यक्ष केपी शर्मा ओली का लागि भक्तपुरको गुण्डुमा नयाँ निवास निर्माण सुरु भएको छ। बिहीबार सो भवनको शिलान्यास राधिका शाक्यले गरेकी छन्। जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए। नयाँ निवास निर्माण हुने जग्गा करिब एक रोपनी क्षेत्रफलमा फैलिएको छ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, गुण्डुवासीले दिएको जग्गामा यो कुटी निर्माण हुन लागेको हो। नयाँ भवनमा बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा रहने बताइएको छ। ओली कुटीको निर्माण पूरा भएपछि पार्टीका बैठक र अध्ययनकार्यका लागि प्रयोग हुने अपेक्षा गरिएको छ।






