काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित घुमाउनेमा सवारी दुर्घटना भएको छ । दाङबाट चन्द्रागिरि हिल्स जाँदै गरेको लु.प्र ०१–००१ ख ०७५५ नम्बरको इभि भ्यानले विपरित दिसाबाट आउँदै गरेको बा. ८७ प ११०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदै ट्रकमा गएर ठोक्किएको थियो ।




केवलकार तर्फ नै जाँदै गरेको एचआर ४६ एफ ९१२५ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकको पछाडी भागमा भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइलक चालक घाइते भएका छन् भने अन्य व्यक्ति सकुशल रहेका छन् । घाइते हुने चन्द्रागिरि हिल्सका कर्मचारी भएको खुल्न आएको छ ।

दुर्घटनामा मोटरसाइकल र इभि भ्यानमा क्षति पुगेको छ । घाइतेको उपचारको लागि अस्पताल लगिएको र थप अनुसन्धानका लागि भ्यान चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




