काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा २ हजार २ सय २७ जनाले मतदान गर्नुभएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा जारी मतदान सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।



पोखरेलले मतदानमा ३६ जना अनुस्थित रहेको समेत जानकारी दिनुभयो । उहाँले मतगणनाको तयारी गरिएको समेत उल्लेख गर्नुभयो ।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ बजेर १२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।



