काठमाडौं । यस वर्ष काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेको काठमाडौं महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ ।
हाल काठमाडौं महानगरपालिकाभित्र आधारभूत २६, माध्यमिक ५८, विशेष विद्यालय चार वटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४ सय २५ वटा गरेर ७ सय ८४ विद्यालय रहेको महानगरले जनाएको छ ।



त्यसैगरी, महानगरले आफू मातहतका विद्यालयबाट शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्ति अध्ययनको अवसर प्रदान गरेको पनि जानकारी दिएको छ ।



