चितवन – उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छिन्। शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देश कुनै व्यक्तिको “कुटि” नभएको र जसले पनि देश ठप्प पार्न सक्दैन भनी प्रश्न उठाइन्।विश्वकर्माले भनिन्, “आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति नै गम्भीर शंका लागेको छ। उहाँहरूले पुनः नेतृत्वमा आएपछि कड्किएर भन्नुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ। यदि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने देश ठप्प पार्छौं भन्नुहुन्छ। यस्तो अभिव्यक्तिले लोकतन्त्र र संविधानको अवहेलना हो।”
उनले संविधानको पालना नगर्ने व्यक्तिलाई नेपाली नागरिक मान्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न समेत उठाइन्। उनले भने, “जसले वर्तमान अन्तरिम सरकारलाई असंवैधानिक भन्दै आएका छन्, र संविधानको महिमाबारे कुरा गर्छन्, तर आफू संविधानको पालना गर्दैनन् भने त्यसलाई हामीले नागरिक मान्ने कि नमान्नेरु यो विषयमा सबैले गम्भीर हुनुपर्छ।” विश्वकर्माले मानविय संवेदना नभएको व्यक्तिको नेतृत्वले समाज र देशलाई हानिकारक हुने चेतावनी पनि दिइन्। उनले भनिन्, “छोराछोरी र भाइबहिनी त हामी मात्र मरेका जस्तो देखिन्छ, उहाँहरूलाई के फरक परेको छरु लाज, घिन, शरम र मानविय संवेदना नभएको व्यक्तिले नेतृत्व गर्दा हाम्रो समाज र देश कहाँ पुग्छ भन्ने कुरा सबैले सोच्नुपर्छ।” उक्त अभिव्यक्तिहरूले राजनीतिमा नेतृत्वको जवाफदेहिता र संवेदनशीलताको प्रश्न उठाएको छ।






