काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पार्टी कार्यालय जाने भएका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएर शुक्रबार रिहा भएका लामिछाने आज पार्टी कार्यालय घण्टी घर जान लागेका हुन् । उनलाई आज दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
रिहा भएपछि लामिछाने चितवन पुगी कार्यकर्तालाई सम्बोधन गरेका थिए । त्यसपछि काठमाडौं फर्किएका लामिछाने आज पार्टी कार्यालय जान लागेका हुन् । लामिछाने तत्कालै पार्टीको मुख्य जिम्मेवारीमा फर्कने रास्वपाले यसअघि नै बताइसकेको छ ।






