


काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ मा सञ्चालनमा रहेको रोशी रोडा ढुङ्गा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
रोडा ढुङ्गा उद्योगमा स्काभेटरले खन्ने क्रममा पहिरो जाॅदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका ९ बस्ने डोजर अपरेटर ३४ वर्षीय राम बहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
पहिरोमा परेर घाईते भएका पनौती नगरपालिका वडा नम्बर १२ का ३५ ईश्वर गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



