काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको वार्ता सकिएको छ । दुई नेताहरुबीच करिव साढे दुई घण्टा वान टु वान वार्ता भएको थियो ।

वार्ता सकेर रवि लामिछाने बाहिरिएका छन् । बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा रवि लामिछानेले वार्ताबारे कुनै प्रतिक्रिया दिएका छैनन ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेन्जनकारको घरमा उनीहरुबीच वार्ता भएको हो । वार्तास्थल अगाडि सञ्चारकर्मीलगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ । आजको यो भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । बालेन र रवि निकटस्थले यो भेटवार्तालाई निर्णायक समेत भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय